देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कपिलवस्तुको गुगौलीमा आगलागी, ३९ घर जलेर नष्ट

देशान्तर

काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा आगलागी हुँदा ३९ घर जलेर नष्ट भएको छ । गुगौलीका काशीराम यादवका घरमा दिउँसो खाजा बजाउन बालेको आगोले खरले छाएको घरमा छोई आगलागी शुरु भएको थियो ।

आगोले गाउँका पूरै घर जलेका छन् । गाउँको उत्तरदेखि शुरु भएको आगो हावाको बहावसँगै पूरै गाउँमा फैलिएको थियो । आगोबाट कुनै पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

आगलागीबाट करीब रु एक करोडको नोक्सान भएको स्थानीयवासीले बताएका छन् । अग्निपीडतको वास्तविक क्षति विवरण प्रहरीले संकलन गरिरहेको छ । अग्निपीडितहरुको राहतका लागि विजयनगर गाउँपालिकाले व्यवस्थापन गरिरहेको वडा नंं १ का वडाध्यक्ष इन्दर थारुले बताए । तौलिहवा र गुगौलिको दूरी करीब ५० किलोमिटर छ ।