देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना परीक्षणको संख्या बढाउन कांग्रेसको माग

देशान्तर

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण बढाउन माग गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै स्थानीय संक्रमण देखिनु दोस्रो चरणमा पुग्नु भएको बताएका छन् ।

उनले भनेका छन्, ‘सरकारलाई हाम्रो अपील छ, यसअघि संक्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समूहको परिक्षण, परीक्षण र परिक्षण, तत्काल, तत्काल र तत्काल गरौं ।’

बाहिरबाट आएका सबै नेपालीलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न कडाइ गर्नुपर्नेमा समेत उनले जोड दिएका छन् । अब रत्तिभर हेलचेक्राइ गर्नु भनेको समुदायमा संक्रमण फैलने छुट दिनु भएको भन्दै कांग्रेसले गम्भीरता देखाउन आग्रह गरेको छ ।