काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आफ्नो निर्वाचन क्षेत्रमा मास्क वितरण गरेका छन् ।
उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा कोरोना भाइरसको संक्रमण फैलिन नदिन निःशुल्क रुपमा मास्क बितरण गरेका हुन् । नेता महतले निर्वाचन क्षेत्र नम्बर ५ भित्र रहेका कांग्रेसका वडा सभापतिहरूमार्फत मास्क बितरण गरेको उनका सहयोगी अनुराग शाहले जानकारी दिए ।
वडा सभापतिहरुलाई मास्क उपलब्ध गराउँदै सहमहामन्त्री महतले सरकारले मास्क लगायत कोरोनाको संक्रमणबाट बच्ने कुनै पनि सामाग्री बितरण नगरेको प्रति दुःख व्यक्त गरे ।
उनले स्वास्थ्य सामाग्री तथा मेडिकल मास्कहरु तत्काल सबै जनतालाई बितरण गर्न पनि सरकारसँग आग्रह गरे । कोरोनाबाट बच्ने समय अझै पनि भएको भन्दै कांग्रेस महतले सरकारलाई तनमन लगाएर कोरोना रोकथाममा लाग्न आग्रह गरे ।





प्रतिक्रिया