काठमाडौं । राप्रपाका पूर्वमुख्य सचिव तथा सहकोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको निधन भएको छ । लामो समयदेखि मधुमेहबाट ग्रस्त ६५ वर्षीया सुवेदीको अमेरिकाको ड्यालसमा निधन भएको हो ।
तत्कालीन राप्रपा नेपालमा मुख्य सचिवको भूमिका निर्वाह गरेका सुवेदी राप्रपाको पूर्व सहकोषाध्यक्षसमेत थिए । लामो समय निजामती सेवामा रहेका सुवेदी सेवा निवृत्त भएपछि राप्रपामा क्रियाशील थिए ।
निजामती सेवामा रहँदा सुवेदीले लामो समय स्थानीय विकास मन्त्रालय र राप्रपा अध्यक्ष कमल थापा विभिन्न समयमा सरकारमा रहँदा उनको निजी सचिवालयमा रहेर काम गरेका थि ।
सुवेदीको निधनमा राप्रपा अध्यक्ष थापाले आफ्नो जीवनको आरोह अवरोहको अभिन्न सहकर्मी गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनका एक श्रीमती र दुई छोरा छन् ।





प्रतिक्रिया