देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लकडाउन थप एक साता लम्ब्याउने सरकारको तयारी

देशान्तर

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।

लकडाउनको समय भोली सकिने भएपछि त्यसबारे थप निर्णय गर्न बैठक बस्न लागेको हो । बैठकले लकडाउनको समय बढाउने भए कति बढाउने भन्ने बिषयमा निर्णय गर्ने छ ।

लकडाउन खुल्ला भए संक्रमण सर्न सक्ने सम्भावना बढी भएकाले उच्चस्तरीय समन्वय समितिले एक साता समय थप गर्ने निर्णय गरेको थियो । आइतबार बसेको समन्वय समितिमा एक साताको लागि लकडाउनको समय थप गर्ने विषयमा छलफल भएको थियो ।

सोही निर्णयलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नसक्ने बुझिएको छ । सरकारले यसअघि चैत १० गते पहिलो पटक सात दिनको लागि लकडाउन गरेको थियो । त्यसपछि पनि संक्रमित बिरामीको सङख्या थपिदै गएकाले लकडाउनको समय २५ गतेसम्म पुर्‍याएको हो ।