देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गभर्नरका लागि ३ जनाको नाम सिफारिस, आजै नियुक्त हुनसक्ने

देशान्तर

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तीन जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले डा. राजन खनाल, महाप्रसाद अधिकारी र चिन्तामणि शिवोकाटीको नाम गर्भनरका लागि सिफारिस गरेर मन्त्रिपरिषदमा पठाएको हो ।

अर्थन्त्रालय स्रोतका अनुसार, आजै गभर्नर नियुक्ति गर्नका लागि अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेका छन् । आजै दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंक गभर्नर नियुक्त गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।

सिफारिसमा परेका खनाल अर्थ मन्त्रालयका पूर्वसचिव हुन् । शिवकोटी राष्ट्र बैंकका डेपुटी गभर्नर हुन् । शिवकोटी अहिले राष्ट्र बैंकको कामु गभर्नरको रूपमा कार्यरत छन् । अधिकारी पनि राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर हुन् । हाल उनी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत छन् । अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिमा पूर्वसचिव कृष्णहरि बास्कोटा र पूर्व गभर्नर विजयनाथ भट्टराई सदस्य छन् ।