देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश नं २ को कोरोना रोकथाम कोषमा काँग्रेसको ४० लाख ७५ हजार सहयोग

देशान्तर

बीरगन्ज । पछिल्लो समयमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश नं २ सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाली काँग्रेसले रु ४० लाख ७५ हजार सहयोग गरेको छ ।

नेपाली काँग्रेस प्रदेश नं २ का संसदीय दलका नेता रामसरोज यादवले एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतलाई उक्त रकमको चेक हस्तान्तरण गरी सहयोग गरेका हुन् । नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र चौरसियाले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा उक्त रकम सहयोग गरेको बताए ।

चेक हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर यादव, कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादव, सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख विजयशङ्कर यादव लगायतको उपस्थिति थियो । मुख्यमन्त्री राउतले चेक बुझ्दै नेपाली काँग्रेसले कोषमा गरेको सहयोगको प्रशंसा गर्दै सबैबाट अहिलेको जटिल परिस्थितिमा यस्तै साथ र सहयोगको आशा गरिएको बताए ।