काठमाडौं । संघीय संसदको पाँचौं हिउँदे अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ।
संघीय संसदले एक सूचना जारी गर्दै प्रतिनिधि र राष्ट्रियसभा दुवैको चालू पाँचौं अधिवेशन अन्त्य हुने भएको जानकारी दिएको हो।
यसअघि बसेको मन्त्रिपरिषद बैठकले चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो।





प्रतिक्रिया