प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । सरकारले गरेको अहिलेसम्मका तयारी र बनाएका कार्यायोजनाबारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।
सम्बोधनमा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका कामका विषय समेत समेटिने बताइएको छ । उनी आफूले सम्बोधनको तयारी गरेको जानकारी सोमबारको मन्त्रिपरिषद् बैठकमा गराएका थिए ।
लकडाउनको समय तेस्रोपटक थप गरेपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । लकडाउन जारी हुनुअघि प्रधानमन्त्री ओलीले चैत ७ गते देशवासीलाई सम्बोधन गरेका थिए । सम्बाेधन विहान ११ बजे हुने छ । उक्त सम्बाेधनकाे हामीले फेसबुकलाइभ मार्फत प्रत्यक्ष प्रशारण गर्ने छाैं ।





प्रतिक्रिया