देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राहत वितरणमा जनप्रतिनिधिबाटै भेदभाव!

देशान्तर

कञ्चनपुर, २६ चैत । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ मा कोरोना भाइरस प्रभावितहरुलाई राहत वितरण गर्दा काखा पाखा गरेको आरोप लगाएका छन् ।

ज्याला मजदुरी गरि खाने व्यक्तिका परिवारहरु लकडाउनका कारण समस्यामा परेको भन्दै पठाइएको राहत वितरणमा जनप्रतिनिधिले काखा पाखा गरेको जनाइएको छ ।

वडा नम्बर तीनका वडा अध्यक्ष नेत्रप्रसाद गिरिले आफू निकटका व्यक्तिलाई मात्रै राहत वितरण गरेको अरुलाई प्रहरीलगाएर खाली हात पठाएको एक स्थानियले बताए ।

राहत वितरणमा काखा पाखा गरेको भन्दै केहीबेर तनाव पनि भएको थियो ।

https://www.facebook.com/500839703336592/videos/896317620795266/