काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिन हावाहुरी र चट्याङको सम्भावना अत्यधिक भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
महाशाखाले विशेष बुलेटिन निकालेर उच्च वेगमा हावाहुरी र चट्याङसहित असिना पर्ने सम्भावना देखिएको उल्लेख गरेको छ। ‘६२ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्ने देखिन्छ,’ महाशाखाले भनेको छ, ‘मेघगर्जन र बादल विकसित हुने क्रम पश्चिमबाट पूर्वतिर सरिरहेको छ।’
भारतको उत्तरप्रदेशबाट नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण मुलुकको मध्य भूभागसम्म असर गरेको छ। उक्त प्रणाली कास्की, पर्वत, लमजुङ, स्याङ्जा, तनहुँ हुँदै प्रदेश ३ को भूभागतिर आएको महाशाखाले उल्लेख गरेको छ।
चितवन, मकवानपुर, धादिङ, काठमाडौं, काभ्रे, ललितपुर, भक्तपुरका क्षेत्रमा ६२ किलोमिटर प्रतिघण्टा वा सोभन्दा उच्च गतिमा हावाहुरी र चट्याङसहित असिना पानीसमेत पर्न सक्ने महाशाखाले बताएको छ। प्रि–मनुसन ९मनसुन अवधिअघि० का बेला चैतदेखि जेठसम्म नेपालमा हावाहुरी र चट्याङको सम्भावना हुन्छ।
जोगिन के गर्नेरु
– रुखमुनि नबस्ने
– घरमा झ्याल तथा ढोका बन्द गरेर बस्ने
– विद्युतीय सामग्री तथा विद्युत् प्रवाह बन्द गर्ने
– मोबाइल र टेलिफोनको सकभर न्यूनतम प्रयोग गर्ने।
– फलामजन्य धातुबाट बनेको भित्तामा आड नलिने





प्रतिक्रिया