काठमाडौं । शुक्रबार (भोलि) र शनिबार उपत्यकाबाट बाहिर जान खुला गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समितिले बिहीबार दिउँसो शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान दिने तर भित्र छिर्न नदिने निर्णय गरेकोमा डेढ घन्टामै उक्त निर्णय उल्टिएको हो ।
बाहिर जान चाहनेहरुलाई कसरी पठाउने भन्ने व्यवस्थापनको जिम्मा गृह मन्त्रालयलाई दिइएकोमा गृहले हालका लागि सम्भव नहुने राय दिएपछि निर्णय उल्टिएको बुझिएको छ ।
प्रदेश सरकारहरुलेसमेत केन्द्र सरकारको निर्णयप्रति असहमति जनाएका थिए । स्थानीय तहहरुले बाहिरबाट जाने मानिसहरुलाई प्रवेशमा रोक लगाएको बेला सरकारले गरेको निर्णयको सबैतिर आलोचना भएको थियो ।





प्रतिक्रिया