देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२४८ यात्रु बोकेर चार्टर विमान लण्डन फर्कियो

देशान्तर

काठमाडौँ । टाइटन एयरको चार्टर विमान २ सय ४८ बेलायती लगायतका विदेशी नागरिक बोकेर फर्केको छ । लकडाउनको कारण अलपत्र परेका बेलायती नागरिक लिन चार्टर विमान शुक्रबार १२ बजे नेपाल आइपुगेको थियो ।

काठमाडौँस्थित संयुक्त अधिराज्य (बेलायत) ले झिकाएको चार्टर विमान दुबई हुँदै काठमाडौँ आएको र शुक्रबार दिउँसो २ बजे लण्डन फर्केको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

लण्डनबाट रित्तै काठमाडौँ आएको चार्टर विमानमा ६ शिशुसहित २ सय ४८ यात्रु रहेको बताइएको छ । चार्टर विमानमा बेलायती, पोल्याण्ड, पोर्चुगल, अमेरिका र सेन्ट लुसियाका नागरिक पनि छन् । चार्टर विमान बेलायती नागरिक लिन आउने भनेपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलले भने बिहान ९ बजेदेखि नै यी यात्रुहरुका लागि ‘चेकइन काउन्टर’ खुल्ला गराएको विमानस्थल प्रहरीले जनाएको छ ।