देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कुवेतमा थप पाँच नेपालीमा कोरोना संक्रमण

देशान्तर

काठमाडौ । खाडी मुलुक कुवेतमा थप पाँच जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले थप पाँच जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो ।योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ९ पुगेको छ।

कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ८३ जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या ९९३ पुगेको छ। तीमध्ये १ सय १२३ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै २६ जनाको गम्भीर अवस्थामा उपचार भैरहेको छ ।