देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नयाँ वर्षको आवागमन संगै कोरोनाको अन्त्य होस

देशान्तर

 मलेसिया ।  बस्दा बस्दै नयाँ बर्ष आयो तर उमंग कत्ती पनि छैन। बाटो मुनिको पयौ लरक्कै फुलेको छ। आरुका हागाहरु फुल ले नै लचक्क भएका छन। सुनाखरी फुलेर तारेभिर तिरिमिरी देखिन्छ। रातो गुराँस र सेतो चिमालले बनै ढकमक्क छ। बुढा तन्देरी सवै रुख बिरुवा ले पालुवा फेरि सके।खोल्सा खोल्सा मा निहुरो पलाएका छन। पाहाका टाइटुइ आवज ले लाग्छ खोल्सी मा कोइ राम्री सुन्दरी गुनगुनाहट रुप मा सुसाइ रहेकी छन। प्रकृति सुन्दर छ। नय वसन्त ले आगमन गर्दै छ। बसाइ सरेका हाम्रो गाउका सबै चिरिबिरी चरी गाउँ फर्की सके। काफल र ऐसेलु झपक्क लहलह भएका छन। लाग्छ स्वर्गको अनुभिती हुँदै छ। तर मानिस मा चाहि चैन छैन। कतै खुसी खोसिए जस्तो अनि कतै उमंग हराए जस्तो । सन्सार जहाको तहि मोबाइल ह्याङ भएर अड्किए जस्तो ठप्प अड्किएको छ। तल्ला घरे कान्छा बा र कान्छी आमा गुनगुन गर्दै थिए। मैले नि कानै थापेर सुने। कान्छी आमा भन्दै थिन। यो कस्तो दिन आयो दैब। मानिसले के पाप गरेका थिए र।। यस्तो अबस्थामा पुर्याइ दिएउ। उता खोइ कता युरोप तिर त आफ्नो सङ नै भाग्न पर्छ रे मरेपछि लास सम्म देख्न पाइन्न रे। खोइ केके भयो ? मेरा सन्तान पनि उतै भासिएका छन छोरिको बाउ! यो अबस्थामा सगै भए पनि पाखामा तेइ भुइ असेलु र काफल खाएर पनि मेरै ओरिपरी बस्न पाउथे होला। सुख दुख ले खसेका दुई थोपा तप्प आँसु तिन्कै हात्ले पुस्न सक्थे होला , है छोरी को बाउ!यति भन्दै गर्दा कान्छा बाउ सुक्क गर्दै। सम्झाउने चेस्टा ले हिम्मत गरेर भन्दै थिए। के गर्छौ त हाम्रो देश को नायक हरु त आफू बन्न र आसेपासे लाई सम्पन्न्न बनाउन लागि परेका छन। एउटा राजा फ्याकेर सयौं राजा जन्माए। देश यो अवस्था मा परेको वेला। देश जनताको बारेमा सोच्न सकेनन् सरकार र मन्त्री मन्डल त मात्र नाटक देखाउने रङ्गमन्च जस्तै लाग्छ। कैले सम्म नेपाल आमाका सन्तान ले यसरी दुख पाउने। म सुन्दा सुन्दै भावुक भएर कतै आक्रोश अनि कतै निर्हित हर्डबडाउदै के गरौ, कसो गरौं हुँदै कोठा पसे अनि एकछिन टोलाए, कौसिको एक कुना मा बसि बाहिर लागेको जुन लाई हेरे अनि जुन मा टल्किएको गुराँस र चिमाल लाई हेरे। यति सुन्दर देश अनि स्वर्गीय ठाँउ हजार संभावना भएको मेरो देश लाई छाडी किन घर छाडी जान्छन् मेरो आमाका सन्तान । यो अबस्थामा पनि साथ हुन नसकी भन्दै मन मनै सम्झेँ अनि देश परिवर्तन गर्ने परिवर्तनकारी लाई अब आउने नया साल सगै सुबुद्दी आओस् भन्दै नया साल को शुभकामना पत्र कोरे ।
नेपाल आमाको सन्तान लाई आफ्नै देश फर्काउ
भस्टाचार को अन्त्य गर |
देश को जल जमिन र बन लाई सदुपयोग गर।बन्द कलकारखाना सुचारु गर।
आदरणीय होइन उदाहरणिय बन
माननीय होइन सम्म्माननिय बन
नेता र राजा होइन रैतिको सेवक बन।
नयाँ बर्स सगै कोरोना को अन्त्य होस। देश ले नया मुहार फेरोस नया साल को शुभकामना ।