देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई अस्पताल भर्ना

देशान्तर

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार तथा नेकपा नेता डा।राजन भट्टराईको मुटुमा अचानक समस्या आएपछि महाराजगन्जस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ ।

शुक्रबार राति नै स्वास्थ्यमा समस्या आएर उनलाई अस्पताल लगिएको थियो । मुटुको भल्भमा समस्या भएपछि उनको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि उनको अवस्था सामान्य भइसकेको पारिवारिक स्रोतले जनाएको छ ।

उनको दायाँतर्फको कोरोनरी आर्टरीको प्राइमरी एन्जिओप्लास्टी गरिएको र अहिले अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बिहानै स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित प्रधानमन्त्रीका सल्लाहकारहरु अस्पताल पुगेका छन् ।