देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अमेरिकामा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या छ पुग्यो

देशान्तर

बोस्टन । कोरोना भाइरसको संक्रमणबाट अमेरिकाको न्युयोर्कमा छैटौं नेपालीको मृत्यु भएको छ। परिवारको आग्रहमा उनको परिचय खुलाइएको छैन।

यसअघि कोरोना संक्रमणकै कारण अनिल सुब्बा,  सोनाम लामा, थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचुको मृत्यु भइसकेको छ। अमेरिकामा यसअघि निधन हुने सबै पुरूष हुन्।

नेपाली मुलका मानिस बसोबास गर्ने क्विन्समा मात्र सबै गरेर १४ सयको मृत्यु भइसकेको छ।