देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य, डिस्चार्ज गर्ने तयारी

देशान्तर

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड–१९ का दुई संक्रमित व्यक्तिको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।

अस्पतालका निर्देशक डा सागर राजभण्डारीले संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने बताए । दुई दिनभित्र अन्तिम रिपोर्ट आउने र त्यो रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज गरिने उनले जानकारी दिए ।

टेकु अस्पतालमा अहिले कोभिड शङ्कास्पद नौ जनाको उपचार भइरहेको छ । यीमध्ये दुई जनामा कोभिड पोजेटिभ देखिएको छ भने बाँकी सात जनाको नेगेटिभ छ । तर पनि विभिन्न कारणले गर्दा सात जनालाई अस्पतालमै राख्नुपर्ने अवस्था भएको अस्पतालले जनाएको छ  ।

अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल घोषणा गरिएको छ भने अस्पतालमा हाल पाँच आइसोलेसन र ३० क्वारेन्टाइन कक्ष छन् । २५ आइसोलेसन र २० सघन उपचारकक्ष तयार गर्ने कार्य भइरहेको छ ।