काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चैत महिनाको शिक्षण शुल्क छुट गर्न निजी स्कूलहरुलाई निर्देशन दिएको छ । कक्षा १२ सम्मको एक महिनाको आवास बाहेकको अन्य सबै शुल्क मिनाह गर्न केन्द्रले निजी स्कूलहरुलाई निर्देशन दिँदै पत्राचार गरेको छ ।
७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै केन्द्रले चैत महिना भित्र शुल्क मिनाह गरेर प्रतिवेदन पेस गर्न तोकेता गरेको छ । कोभिड–१९ ९कोरोना भाइरस०को संक्रमणका कारण चैत पहिलो सातादेखि नै मुलुकभरका विद्यालय बन्द छन् ।
केन्द्रका निर्देशक गेहनाथ गौतमले स्थानीय तहअन्तर्गत शिक्षा शाखा विभागलाई शुल्क मिनाह कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । गत १६ चैत्रको मन्त्रिपरिषद् बैठकले निजी विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको शुल्क मध्ये आवास शुल्क बाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने निर्णय गरेको थियो ।





प्रतिक्रिया