काठमाडौं। खोटाङमा चट्याङ लागेर गएराति दुईजनाको मृत्यु भएको छ। खोटाङका संघीय सांसद विशाल भट्टराईका अनुसार केपिलासगढी गाउँपालिका(१, फेदीको तोमानेमा चट्याङ पर्दा ३८ वर्षीया निर्मला बिक र १५ वर्षीय राजमणी राईको मृत्यु भएको हो ।
भट्टराईले फेसबुक स्टाटसमार्फत् चट्याङबाट मृतक निर्मालाका छोराछोरी आसन र मनकला घाइते भएको पेजमा जानकारी गराएका छन्। जनप्रतिनिधि र सुरक्षाकर्मी घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरिरहेको उनले लेखेका छन्।





प्रतिक्रिया