देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरानाबाट प्रवासमा १४ नेपालीको मृत्यु

देशान्तर

काठमाडौं, । विश्वव्यापी महामारीको रुप लिएको कोरोना ९कोभिड–१९० भाइरस संक्रमणबाट प्रवासमा रहेका नेपाली समुदाय जोखिममा पर्दै गएका छन् ।

हालसम्म विश्वका विभिन्न देशमा रहेका १४ नेपालीको कोरोना भाइरस संक्रमणबाट ज्यान गइसकेको छ । आफूहरुले संकलन गरेको हालसम्मको तथ्याङ्क अनुसार प्रवासमा रहेका सात सय बढी नेपाली कोरोना भाइरसबाट संक्रमित भइसकेको गैरआवासी नेपाली संघ ९एनआरएन० का अध्यक्ष कुमार पन्तले जानकारी दिएका छन् ।

पन्तका अनुसार बेलायत, अमेरिका र साउदी अरबमा गरी कोरोना भाइरसका कारण १४ नेपालीको मृत्यु भएको हो ।

जस अनुसार बेलायतमा ८, अमेरिकामा ५, साउदीमा एक नेपालीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार विभिन्न देशमा गरी ६७५ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन्।

अमेरिकामा मात्रै ५०० भन्दा बढी नेपाली संक्रमित छन् भने बेलायतमा यस्ता नेपालीको संख्या सयभन्दा बढी भइसकेको उनले बताएका छन् । यस्तै पोर्चुगलमा २२, स्पेनमा १८, जर्मनीमा ४, अस्ट्रेलियामा ९, यूएईमा १०, कुवेतमा ५, जापानमा १, मलेसियामा १ र हङकङमा १ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । अन्य देशमा पनि विवरण संकलन भइरहेको एनआरएनले जनाएको छ ।