काठमाडौ । कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ११ पुगेको छ । यो भन्दा पहिले एकजना नेपालीमा सङ्क्रमण देखिएकोमा पछिल्लो समय थप दश जनामा देखिएपछि सङ्क्रमितको सङ्ख्या ११ पुगको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । कुवेतमा सङ्क्रमण बढ्दै गएको अवस्थामा त्यहाँ रहेका नेपाली श्रमिकलाई उच्च स्वास्थ्य सतर्कता अपनाउन दूतावासले आग्रह गरेको छ ।
विश्व स्वास्थ्यसंगठनले जारी गरेका निर्देशनको पालना गर्दै सामाजिक दूरी कायम गर्न, घरबाट अत्यावश्यक अवस्था बाहेक बाहिर ननिस्कन, शारीरिक स्पर्श नहुने गरी अभिवादन गर्न, साबुन पानीले पटक पटक हात धुन वा सेनिटाइजरले नियमित रूपमा हात सफा गर्न, खोक्दा वा हाच्छ्यू गर्दा रूमालले मुख छोप्न दूतावासको अनुरोध छ ।
यस्तै पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएर खान, सागपात, फलफूत राम्रोसँग धोएर मात्र खान, जंगली तथा घरपालुवा पशुपंक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहन, आफू बिरामी परेको बेलामा घरमा छुट्टै कोठामा बस्न तथा ज्वरो, रूघा, खोकी वा श्वासप्रश्वासमा समस्या देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।





प्रतिक्रिया