देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वराजा ज्ञानेन्द्रले घोषणा गरेको २ करोड कोरोना कोषमा जम्मा

देशान्तर

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले हिमानी कोषमार्फत् दिएको २ करोड रुपैया सरकारले स्थापना गरेका कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा भएको छ।

आइतबार हिमानी कोषका पदाधिकारीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर २ करोड रुपैयाँ हस्तान्तरण गरेका हुन्। केहि समयअघि पूर्वराजा ज्ञानेन्द्र शाहले हिमानी कोषमार्फत कोषमा २ करोड रुपैया दिने घोषणा गरेका थिए ।

उनले एक विज्ञप्तिमा कोरोनाले देश र जनतामा भय र सन्त्रास पैदा गरेको उल्लेख गर्दै दुई करोड दिने घोषणा गरेका थिए । आज हिमानी कोषले फेसबुकमार्फत सरकारको कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैया जम्मा गरेको जानकारी गराएको हो ।