कोरोना भाइरसको संक्रमणका कारण अष्ट्रेलियामा रहेका विद्यार्थीको सहयोगार्थ एक्सपर्ट फाउण्डेसनले सहयोग कोष स्थापना गरेको छ ।
एक्सपर्ट उच्च शिक्षामा विदेश जाने विद्यार्थीको परामर्श र सेवामा क्रियाशिल संस्था हो । आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा एक्सपर्टले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुलाई पर्न सक्ने समस्या समाधानका लागि यो कार्य गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत एक्सपर्टले खेलकुदमा पनि ठूलो सहयोग गर्दै आएको छ । विषेश गरी क्रिकेटका एक्सपर्ट क्रियाशिल छ ।
दुई लाख अष्ट्रेलियन डलरको रकम जम्मा गरेर एक्सपर्टले नेपालीमात्र नभई अन्य देशका समस्याग्रस्त विद्यार्थीलाई सहयोग गर्नेछ ।
अष्ट्रेलिया अध्ययनरत नेपाली विद्यार्थीहरु आफ्नो पहिलो दायित्व भएको फाउण्डेसनले जनाएको छ । नेपाली विद्यार्थीका लागि एक लाख ५० हजार सहयोग गरिनेछ भने अन्य देशका विद्यार्थीहरुका लागि बाँकी ५० हजार डलर छुट्याइएको छ ।
पल्लिो ६ महिनायता अष्ट्रेलिया पुगका विद्यार्थीहरु सबैभन्दा बढी प्रभावित हुने भन्दै फाउण्डेसनले उनीहरुलाई पहिलो प्राथमिकतामा राखेको छ । ती विद्यार्थी र तीनका डिपेन्डेन्टहरु अहिले कामबिहीन छन् । कतिले कामै पाएका थिएनन् भने कतिपय विद्यार्थी लकडाउन पनि बेरोजगार भएका छन् ।
विभिन्न संघ संस्थामार्फत एक्सपर्टले वास्तविक समस्याग्रस्त विद्यार्थी पहिचान गरी उक्त सहयोग प्रदान गर्नेछ ।
समस्याग्रस्त विद्यार्थीले आफ्नो नाम दर्ता गर्न पनि फाउण्डेसनले अनुरोध गरेको छ । दर्ता गर्नका लागि यो https://eevs.co/covid19-assistance लिंकमा क्लीक गर्न सकिनेछ ।
यस्तै कुनै सल्लाहको अवस्यकता परेको अवस्थामा इमेल c19support@experteducation.com.au गर्न पनि आग्रह गरिएको छ ।





प्रतिक्रिया