देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भोलिसम्म चट्याङसहित पानी पर्ने

देशान्तर

आज र भोलि देशका केही ठाउँमा चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले सोमबार र मङ्गलबार देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भइ केही ठाउँमा चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार पश्चिमी क्षेत्रको तुलनामा मध्य र पूर्वी पहाडी क्षेत्रको धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । तर मङ्गलबार भने देशका धेरै ठाउँमा पानी पर्नेछ ।
भोलि तराईमा पहाडको तुलनामा अलि धेरै हुरीबतास चल्ने मौसमविद् कँडेलको अनुमान छ ।