देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्रिपरिषद् बैठक जारी, लकडाउन लम्ब्याउने तयारी

देशान्तर

काठमाडौं । कोरोनाका कारण चैत ११ बाट जारी लकडाउन बुधबार सकिँदैछ । तर कोरोना भाइरस संक्रमित भेटिने क्रम रोकिएको छैन । यो भाइरस फैलन नदिन सवैभन्दा उपयुक्त विकल्प भनेको लकडाउन बन्दाबन्दी नै भएकाले लब्याउनुको विकल्प नभएको निष्कर्षमा सरकार पुगेको छ ।

सोही निष्कर्षका आधारमा जारी मन्त्रिपरिषद् बैठकले थप निर्णय गर्ने सरकारका एक मन्त्रीले बताए । उनका अनुसार बैठकले कम्तिमा एकसाता थप्ने र लकडाउन थप कडा बनाउने तयारी छ ।

‘क्रमश बैशाख अन्तिमसम्म पनि लकडाउन लम्ब्याउनुपर्ने हुनसक्छ । तर अहिले एक साताको मात्रै निर्णय हुन्छ। ,
देशभित्र कोरोना संक्रमितको संख्या थपिदै गएकाले परीक्षणको दायरा समेत अझ बढाउदै लैजानुपर्ने भएकोले लकडाउन लम्ब्याउन लागिएको उनको भनाइ छ ।
सोमबार मात्रै कैलाली र रौतहटमा थप एकएक जनामा कोरोना भाइरसको संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रिमितको संख्या १४ पुगेको छ।