देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोनाबाट संक्रमितको संख्या २० लाख नजिक

देशान्तर

काठमाडौं, ३ वैशाख । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण झण्डै २० लाख मानिसहरु संक्रमित भएका छन् ।

कोभिड १९ बारे विश्वभरिको तथ्याङ्क सार्वजनिक गर्दै आएको वल्डोमिटरका अनुसार अहिलेसम्म यो भाइरसबाट १९ लाख ९८ हजार १ सय ११ संक्रमित भएका छन् ।
चीनको बुहानवबाट शुरु भएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर एक लाख २६ हजार ६ सय ४ जनाको मृत्यु भएको छ ।

संक्रमित मध्य ४ लाख ७८ हजार ६ सय ५९ जना उपचारपछि निको भएका छन् । अहिले पनि विश्वभर भने १३ लाख ९२ हजार बढीको उपचार भइरहेको छ, जसमध्ये ५१ हजारभन्दा धेरैको अवस्था गम्भीर छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा दुई हजार दुई सय ८४ जनाको मृत्यु भएको छ ।

त्यहाँ २४ हजार दुई सय १५ जना नयाँ बिरामी थपिएका छन् । योसँगै अमेरिकामा कोरोनाका कारण २५ हजार ९ सयभन्दा धेरैको मृत्यु भइसकेको छ ।

त्यस्तै ६ लाख ११ हजार १ सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा बेलायतमा सात सय ७८ र फ्रान्समा सात सय ६२, इटलीमा ६ सय दुई र स्पेनमा तीन सय मृत्यु भएको छ । जसका कारण इटलीमा २१ हजारभन्दा धेरै, स्पेनमा १८ हजारभन्दा धेरै, फ्रान्समा १५ हजारभन्दा धेरै र बेलायतमा १२ हजारभन्दा धेरैको मृत्यु भएको छ । भारतमा एक दिनमा ३५ जनाको मृत्यु भएको छ भने एक हजारभन्दा धेरैमा सङ्क्रमण देखिएको छ ।