देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सनसिटी अपार्टमेन्टमा २९६ को र्‍यापिड टेस्टको रिपोर्ट नेगेटिभ

देशान्तर

काठमाडौं । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बुधबार गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा सबैकाे काेराेनाकाे नतिजा नेगेटिभ आएकाे छ। अपार्टमेन्टमा रहेका २४३ जनाको आरडीटी परीक्षणमा कोरोना भाइरसकाे रिपोर्ट नेगेटिभ आएको हाे।

लण्डनबाट आई बसोबास गर्ने एकै परिवारका ३ जनामा सोमबार आरडीटी विधिबाट गरिएकाे परीक्षणमा काेराेना पोजिटिभ देखिएको थियो। पाटन अस्पतालतमा भर्ना गरी आइसोलेसनमा राखिएका उनीहरु मध्ये दुईको परीक्षण नतिजा मंगलबार पनि पोजिटिभ देखिएको थियो। पिसीआर विधिबाट परीक्षण गर्दा दुई जना (५८ वर्षीया पुरुष, ८१ वर्षीया महिला)मा पोजेटिभ र बाँकी १ जनाको काेराेना रिपाेर्ट नेगेटिभ आएकाे थियाे।

अपार्टमेन्टमा रहेका दुई जनामा काेराेना पोजिटिभ देखिएपछि त्यहाँ सिल गरिएको थियो। आज पहिलो दिनको परीक्षणमा शतप्रतिशतको नतिजा नेगटिभ देखिएको हो। आज सामान्य रुघाखोकी लागेकाहरुलाई प्राथमिकतामा राखेर परीक्षण गरिएकाे थियाे। अन्य ब्लकमा रहेकाहरुको स्वास्थ्य परीक्षण गर्ने/नगर्ने जानकारी नपाएको अपार्टमेन्टमै बस्दै आएका धर्म सुवेदीले बताए। पाँच ब्लकमा चार सय बढी परिवार त्यहाँ बस्दै आएका छन्।