देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पोखराकी ५५ वर्षीया महिलाको र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ

देशान्तर

काठमाडौ । र्‍यापिड टेस्ट गर्दा पोखराकी एक महिलामा कोरोना संक्रमण भेएिको छ। २७ दिनअघि दुबईबाट फर्किएकी ५५ वर्षीया महिलामा कोरोना पोजेटिभ भेटिएको हो।

संक्रमित महिला पोखरा १२ ढकालेथरकी हुन्। पोखरा महानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख हेमन्त शर्माका अनुसार र्‍यापिड टेस्टमा उनको रिपोर्ट पोजेटिभ आएको हो।

थप परीक्षणको लागि उनको स्वाब पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाइएको उनले जानकारी दिए।

यसअघि गण्डकी प्रदेशमा बागलुङका दुई महिलामा कोरोना पोजेटिभ देखिएको थियो। उनीहरुको बागलुङस्थित धौलागिरी अस्पतालमा उपचार भइरहेको छ।