देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२० देशमा रहेका करिब २ सय नेपालीमा कोरोना पुष्टि

देशान्तर

परराष्ट्र मन्त्रालयले २० देशमा रहेका नेपालीमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार भारत सहितका देशमा रहेका करिव २ सय नेपालीमा संक्रमण भेटिएको हो । अमेरिका, बेलायत र खाडी मुलुकमा हुनेहरु बढी प्रभावित छन ।

अमेरिकामा मात्रै ६० जना भन्दा बढी नेपाली संक्रमित भएका छन । ति मध्ये ४२ जना संक्रमणको केन्द्र रहेको न्युयोर्कका छन् ।
अमेरिकामा छ जनाको मृत्यु भैसकेको छ । बेलायतमा पनि ३५ जनामा संक्रमण देखिएको छ । छ जनाको मृत्यु भएको छ । खाडी र मध्यपूर्वका देशमा पनि नेपालीहरूमा सङ्क्रमण देखिएका छ ।

बहराइनमा २२ जना, यूएईमा ११ जना, कुवेतमा १२ जना, साउदी अरेबीयामा चार जना र मलेशियामा एक जनामा सङ्क्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ । जापानमा दुई जनामा सङ्क्रमण देखिएको छ ।

त्यस्तै अस्ट्रेलियामा आठ, पोर्चुगलमा १२, स्पेनमा कम्तीमा आठ जना र स्वीट्जरल्यण्डमा पाँच जनामा सङ्क्रमण देखिएको छ ।

माल्दिभ्समा दुई जना, हङ्कङ, बेल्जीयम, इजरायल र न्यूजील्याण्डमा पनि एक–एक जना नेपालीलाई सङ्क्रमण देखिएको छ । भारतको मुम्बईमा अछामका आठ जनामा सङ्क्रमण देखिएको छ । अन्य केही पनि संक्रमित रहेको बताइएको छ । क्यानडामा पनि केही नेपाली संक्रमित भएको भनिए पनि उनीहरुको विवरण खुलेको छैन ।