देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दशगजा क्षेत्रको क्वारेन्टाइनमा बसेका सबैको रिपोर्ट नेगेटिभ, घर पठाइँदै

देशान्तर

नेपालगञ्ज । भारतका विभिन्न स्थानबाट आएर दशजगामा राखिएका करिब २ सय जनाको र्‍यापिड टेष्ट गर्दा नेगेटिभ देखिएको छ ।

बाँकेको जमुनाहास्थित दशगजा क्षेत्रमा बनाइएको क्वारेन्टाइनमा राखिएका एक सय ८१ जनाको आरडीटी टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।  क्वारेन्टाइनमा राखिएको १६ औं दिन आज उनीहरुको आरडीटी जाँच गरिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दका अनुसार क्वारेन्टाइनमा रहेका सबैजनाको रिपोर्ट नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई घर पठाउने तयारी थालिएको छ ।

त्यहाँ २६ जिल्लाका मानिसहरु रहेको र उनीहरुलाई पत्रसहित सम्बन्धित जिल्ला पुठाइने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । दशगजामा करिब ५० वटा टेन्ट बनाएर उनीहरुलाई त्यहाँ राखिएको थियो ।