देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बागलुङमा सकियो र्‍यापिड टेस्ट, एक हजार २९ जनाको परीक्षण

देशान्तर

बलेवा । बागलुङमा पहिलो चरणमा सुरु भएको कोरोना भाइरसको द्रुत परीक्षण (र्‍यापिड टेस्ट) सकिएको छ । सरकारले तोकेको मापदण्ड अनुसार जिल्लामा विदेशबाट फर्किएका, कोरोना सङक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका १ हजार २९ जनाको र्‍यापिड परीक्षणमार्फत कोरोना जाँच भएको छ ।

उनीहरुमध्ये १ हजार २८ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ देखापरेपनि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ । बागलुङमा बुधबार मात्रै ४३ जनाको र्‍यापिड परीक्षणमार्फत कोरोनाको जाँच भएको छ । पाँचौ सङक्रमित युवतीको गाउँ र छुटफुट भएका विदेशबाट आएकाको बुधबार जाँच भएको हो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

यो सँगै सरकारले तोकेको मापदण्डमा पर्नेहरुको र्‍यापिड परीक्षण सकिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । ‘माथिबाट आएको मोडालिटीका आधारमा आडिटी परीक्षण सकियो,’ उनले भने । बुधबार र्‍यापिड परीक्षण गरिएकामध्ये २१ जनाको थ्रेट स्वाब समेत सङकलन भएको छ ।

कोभिड– १९का सङ्क्रमित बर्षीया युवतीको सम्पर्कमा आएकाहरुको थ्रेट स्वाब सङकलन भएको हो । उनीहरुको स्वाब बिहिबार बिहान मात्रै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको प्रमुख गुरौले जानकारी दिए ।