देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डाक्टरलाई पिट्ने डीएसपीलाई जिम्मेवारीबाट हटाइयो, छानविन समिति गठन

देशान्तर

काठमाडौं । महानगरीय प्रहरी वृत महाराजगञ्जका डीएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइएको छ। ड्युटी सकेर फर्कंदै गर्दा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका डाक्टरमाथि कुटपिट गरेको आरोप लागेपछि उनलाई वृतको प्रमुखबाट हटाइएको हो।

उनलाई महानगरीय प्रहरी कार्यालयमा तानिएको एसएसपी श्यामलाल ज्ञवालीले विज्ञप्तिमार्फत् जनकारी दिनुभएको छ। हिजो ९बुधबार० साँझ ड्युटी सकेर घर फर्किंने क्रममा महानगरीय प्रहरी वृत्त महाजगञ्जका प्रहरीले शिक्षण अस्पतालका डा। शम्भु खनाल, तेजप्रकाश साह र कान्तिका डा। विकास साहमाथि कुटपिट गरेको आरोप प्रहरीमाथि छ।

घटनाको अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी किरण वज्राचार्यको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा अपराध महाशाखाका एसपी मुकेश सिंह र परिसर काठमाडौंका डीएपी होबिन्द्र बोगटी सदस्य छन्