काठमाठौ । र्यापिड टेस्ट गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखिएका झापा हल्दीबारीमा युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशाला ती युवकको थ्रोट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नभएको देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन एवं जिल्ला विपद व्यवस्था सहायता कक्षका सचिव जीवन चौलागाईले जानकारी दिए ।
यसअघि झापाको हल्दीबारीमा बुधबार र्यापिड डाइग्नोस्टिक टेस्ट ९आरडीटी० विधिबाट परीक्षण गर्दा ती युवकमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको थियो ।
त्यसपछि ती युवकसहित उनको परिवारका सदस्य र आफन्तसहित २१ जनाको स्वाब संकलन गरी प्रयोगशाला पठाइएको थियो । अरुको रिपोर्ट भने आउन बाँकी छ ।





प्रतिक्रिया