देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पैदलै हिडेकाहरुलाई गन्तव्यमा पुर्याउन कांग्रेसकाे माग

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले लकडाउनका कारण घर जान पैदलै हिँड्न बाध्य भएका नागरिकलाई गन्तव्यसम्म पुर्याउन सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति निकाली उनीहरुलाई सुरक्षित तरिकाले गन्तव्यसम्म पुर्याउन सरकारसँग माग गरेका हुन् ।

सात दिनको लकडाउन लम्बिएर महिना दिन पुग्न लाग्दा आर्थिक रुपले लामो समय टिक्न सक्ने स्थिति नरहेका नागरिकलाई पर्याप्त राहत र अप्ठ्यारोमा रहेकालाई सुरक्षित ढङ्गले गाउँ पुर्याउने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरिएको हो । गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दै गएका बेला सरकारको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो ? विज्ञप्तिमा प्रश्न गरिएको छ ।

आयोगलाई अरबौँ रुपैयाँ छुट्याउन सक्ने सरकारले सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरामा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको व्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न नसकेको आरोप पनि कांग्रेसले लगाएको छ ।