देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्याङ्जामा ५ सय ५१जनाको कोरोना परीक्षण, सबै रिपोर्ट नेगेटिभ

देशान्तर

वालिङ । स्याङ्जामा बिहीबार साँझसम्म गरिएको कोरोना परीक्षणमा सबै रिपोर्ट नेगेटिभ देखिएको छ ।पिसिआर र आरडिटि  दुवै प्रविधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।

जिल्लामा विदेशबाट फर्किइ क्वारेन्टाइनमा रहेका ९८ को पिसिआर र  ४५३ को आरडिटी प्रविधि गरी कूल ५५१ को परीक्षण गरिएको थियो । ११ स्थानीय तह रहेको जिल्लामा हालसम्म पिसिआर प्रविधिबाट वालिङ १३, पुतलीबजार २, गल्याङ  ११,चापाकोट नगरपालिकामा १९, आँधीखोला १८, फेदीखोला १५, कालीगण्डकीगाउँपालिकामा  २० गरी कूल ९८ जनाको कोरोना परीक्षण गरिएको हो ।

त्यस्तैगरी आरडिटी प्रविधिबाट जिल्लाको वालिङ ८४, पुतलीबजार ४०, गल्याङ ४२, चापाकोट ७७, भीरकोट नगरपालिकामा ४०, आँधीखोला १४, फेदीखोला ३३, अर्जुनचौपारी ५१, विरुवा २८, हरिनास गाउँपालिकामा ४४ को कोरोना परीक्षणमा सबै ४५३ जनाको रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय प्रमुख शर्माले बताए ।

गत चैत २८ गतेबाट जिल्लामा थालिएको आरडिटी प्रविधिबाट जिल्लाको कालीगण्डकी गाउँपालिका बाहेकका अन्य १० वटा पालिकामा कोरोनाको परीक्षण गरिएको छ । सबै पालिकामा गरी पुरुष ५५६ जना र महिला ४५ जना गरी कूल ६०१ जना विदेशबाट आएकाको जनाइएको छ ।

बिहीबारसम्म  जिल्लाका सबै पालिकाका विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालमा पुरुष ३५ हजार ६३१ र महिला १४ हजार ७०१ गरी कूल ५० हजार ३३२ जनाको ज्वरो परीक्षण गरिएको उनले जानकारी दिए ।