देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ

देशान्तर

काठमाडौं । उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो ।

भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमूना लिएको थियो ।

उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो । सबैको रिपोर्ट पोजेटिभ भेटिएको र रिपोर्ट मुख्यमन्त्री कार्यालय सँगै केन्द्रमा पठाएको प्रदेश नं। १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।