देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शेखर कोइरालाको प्रश्न : यो देशमा सरकार छ र ?

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले घर हिडेका पैदल यात्रुलाई आफ्नै घर जान दिन पनि सरकारलाई अदालतले आदेश दिनुपर्ने भन्दै आक्रोश पोखेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले यो देशमा सरकार छ र ? भन्दै व्यङ्ग्य गरेका छन् ।

उनले भनेका छन् ‘छ भने जनताले यतिसम्म दुःख पाउँदा किन बोल्दैन, सुन्दैन र देख्दैन त !’ सर्वोच्च अदालतले हिजो सिमामा रहेका नेपालीलाई स्वदेश ल्याउन र आज पैदलयात्रीलाई आफ्नो गन्तव्यसम्म जान कुनै अवरोध नगरी पुर्याउन सरकारलाई आदेश दिएको छ ।