देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धनगढीका युवा पनि कोरोना जितेर घर फर्किँदै

देशान्तर

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज विक कोरोनालाई जितेर घर फर्किने भएका छन्। चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो। २४ घण्टामा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ।

डाक्टर जगदिश जोशीले युवकमा कोरोनाको रिपोर्ट २४ घण्टाभित्र लगातार दुई पटक नेगेटिभ आएको सेतोपाटीलाई बताए। ‘उहाँको २४ घण्टाको अन्तरालमा परीक्षण गर्दा दुईपटक नै कोरोना नेगेटिभ आयो, आजै या भोलिसम्म डिस्चार्ज गर्ने तयारी भइरहेको छ,’ उनले भने।

मुम्बईबाट गत चैत ११ गते घर फर्किएका उनलाई चैत २२ गते कोरोना पोजिटिभ देखिएको थियो। १४ दिन क्वारन्टिनमा र १५ दिन आइसोलेसन गरी २९ दिन कोरोनासँगको लडाई जितेर उनी घर फर्किदैछन्।नेपालमा कोरोना लागेर सन्चो भएका उनी चौंथो व्यक्ति हुन्।