देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हालै बढुवा भएका १० डिआईजीको पदस्थापन, को कहाँ ?

देशान्तर

काठमाडौं । प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका १० डीआईजीहरूको पदस्थापन भएको छ । यस्तै प्रदेश २ प्रहरी प्रमुख र केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशकको सरुवा भएको छ ।

गृह मन्त्रालयले केन्द्रीय अनुसन्धान ब्युरोको जिम्मेवारी डीआईजी सहकुलबहादुर थापालाई दिएको छ । यस्तै प्रदेश २ प्रहरी प्रमुख रहेका प्रद्युम्न कार्कीलाई विशेष ब्युरोमा ल्याएर धिरजप्रताप सिंहलाई त्यहाँ पदस्थापन गरिएको छ । ब्युरोमा रहेका निरजबहादुर शाही प्रहरी महानिरीक्षकको सचिवालयमा सरूवा भएका छन्।

डीआईजी ईश्वरबाबु कार्की प्रदेश १ प्रहरी प्रमुख भएका छन भने बाग्मती प्रदेश प्रहरी प्रमुखमा बसन्तकुमार लामा आएका छन् । यस्तै गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रविन्द्रसिंह धानुक, कर्णाली प्रदेशमा बसन्तकुमार पन्त र सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुखमा उत्तमराज सुवेदीको पदस्थापन भएको हो ।

यस्तै प्रकाश जंग कार्कीको प्रहरी प्रशिक्षण प्रतिष्ठानमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अरुणकुमार बिसीको पदस्थापन भएको छ । उनी त्यही एसएसपीका रूपमा कार्यरत रहेका थिए । ७ बैशाखमा मन्त्रीस्तरको निर्णयबाट बढुवा भएका १० र कार्यरत रहेका दुई डीआईजीको सरुवा तथा पदस्थापन भएको हो ।

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले बढुवा भएका उनीहरूलाई सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दज्र्यानी चिन्ह लगाइ दिएका थिए ।