देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारले जारी गरेको अध्यादेश लोकतन्त्रविरुद्धको गम्भीर अपराध- डा. भट्टराई

देशान्तर

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सरकारले आज ल्याएको अध्यादेश ‘लोकतन्त्रविरूद्ध गम्भीर अपराध’ भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया दिँदै बाबुरामले भनेका छन्, ‘सम्पूर्ण देश एकढिक्का भएर केरोनाबिरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण हो ।’

सरकारले जारी गरेको अध्यादेश साना पार्टी फुटाउनका लागि ल्याइएको चर्चा भइरहेका बेला बाबुरामले जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि त्यो लोकतन्त्रविरूद्ध गम्भीर अपराध भएको उल्लेख गरेका छन् ।

‘जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्त्रविरूद्ध गम्भीर अपराध हो । देश थप संकटमा फस्दैछ १ लोकतन्त्रका हत्यारादेखि सावधान १’, उनले भनेका छन् ।