देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अध्यादेश ल्याउनु मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कदमः भीम रावल

देशान्तर

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले दुवै अध्यादेश अनुचित भएको बताएका छन्।

सरकारले ल्याएको अध्यदेशको विरोध गर्दै रावलले पार्टी विभाजनलाई सहज तुल्याउने तथा संवैधानिक परिषदमा नियन्त्रण र खण्डित गर्नेगरी ल्याएका अध्यादेशले मुलुकमा राजनीतिक अस्थिरता देखापर्ने बताएका हुन्।

कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रलाई एकताबद्ध गरी अगाडि बढ्नुपर्ने बेलामा अध्यादेश ल्याउनु गलत भएको रावलको भनाइ छ।

रावलले भने, “यो अध्यादेशले मुलुकमा बाह्य चलखेल बढाउने स्थान दिएको छ।” रावलले अध्यादेश खारेजीको माग पनि गरेका छन्।