प्रधानमन्त्री केपी ओलीको जोडबलमा सरकारले ल्याएको अध्यादेशलाई नेकपाका नेता भीम रावलले अनिष्टकारीको संज्ञा दिएका छन् । दल विभाजनमा खुकुलो पार्ने र संवैधानिक परिषदको बैठकमा विपक्षी दल नभएपनि निर्णय लिन सकिनेसम्बन्धि अध्यादेशबारे टिप्पणी गर्दै नेकपा नेता रावलले यो तत्काल खारेज गर्न माग गरेका छन् ।
सरकारले मुलुक कोरोनाको संकटमा फसेका बेला यस्तो अध्यादेश ल्याएकामा नेकपाभित्रै तीब्र आलोचना भइरहेका बेला नेता रावलले दुबै अध्यादेश अनिष्टकारी भन्दै खारेज गर्न माग गरेका हुन् । पार्टीमा कुनै छलफल नै प्रधानमन्त्री ओलीले ल्याएको उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै जारी गरिदिएपछि नेकपाभित्र र बाहिर पनि व्यापक आलोचना भएको छ ।
कोरोना भाइरसको संक्रमणका बेला जनताको सुरक्षाका लागि सिंगो राष्ट्रलाई एकताबद्ध गरी अघि बढ्नु पर्ने बेला जारी भएको दल विभाजन सम्बन्धी अध्यादेश अनिष्टकर रहेको नेता रावलले बताएका छन् ।
पार्टीमा कुनै पनि छलफल नगरी अध्यादेश ल्याइएको भन्दै उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘पार्टी विभाजनलाई सहज तुल्याउने तथा संवैधानिक परिषदमा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्ने गरी अध्यादेश ल्याइनु अनुचित र देशका लागि अनिष्टकारी हो ।’
देश विषम स्थितिमा रहेको समयमा संविधानको मर्म विपरीत अध्यादेश किन ल्याइयो? pic.twitter.com/kkPJeN1t0r
— Bhim Rawal, Ph. D (@BhimRawal179) April 20, 2020





प्रतिक्रिया