देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अनामनगरको भाटभटेनी वडाध्यक्षको निर्देशनपछि बन्द

देशान्तर

काठमाडौं । काठमाडौंको अनामनगरमा रहेको भाटभटेनी सुपरमार्केट बन्द भएको छ । कोरोना भाइरस -कोभिड-१९) को संक्रमण फैलन नदिन अन्य साना पसलहरु बन्द भए पनि भाटभटेनीका भने खुलै थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले भाटभटेनी बन्द गराउन भनेका हुन् । शुरुमा अटेरी गरेपनि सोमबारबाट भने भाटभटेनी बन्द भएको वडाध्यक्ष ढकालले जानकारी दिए । साना पसलहरु सबै बन्द भए पनि राजनीतिक पहुँचका आधारमा भाटभटेनीले दिनभर खुला गर्ने गरेको थियो ।

सुरक्षाका लागि बाहिर दूरी कायम गर्न भनिए पनि भित्र पसेपछि भने ठूलो भीड लाग्ने गरेको थियो । भित्र दूरी कायम गर्ने अवस्था नहुने भएकाले संक्रमण फैलने उच्च जोखिममा रहेको भन्दै वडाध्यक्षले भाटभटेनी बन्द गराउनुपर्ने बताउँदै आएका थिए ।

अनामनगरको बन्द भए पनि नक्साल, कोटेश्वर लगायतका ठाउँहरुमा भने भाटभटेनी दैनिक खुला हुने गरेका छन्