देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अध्यादेश फिर्ता लिन सरकारसँग कांग्रेसको माग

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेको छ।आज बिहान बसेको कांग्रेस पदाधिकारीहरूको बैठकले अध्यादेश संविधानको भावना विपरीत भएको बताउँदै फिर्ता लिन माग गरेको हो ।

“संविधान निर्माण गरिँदा स्थिरताको परिकल्पना गरेर केही विशेष प्रावधान राखिएका थिए । तर राजनैतिक दलसम्बन्धी व्यवस्थाको अध्यादेशले त्यो मर्मलाई समाप्त गरेर अस्थिरताका लागि मार्ग प्रशस्त गरेको छ,” कांग्रेसको निर्णयमा भनिएको छ, “कोरोनासँग संगठित ढंगले लड्नुपर्ने बेलामा कुनै पनि राजनैतिक दल विभाजन गर्न सहज हुने प्रावधान ल्याइनु विरोधाभासपूर्ण एवं षड्यन्त्रपूर्ण छ । पदाधिकारी बैठकले अध्यादेश फिर्ता लिन सरकारसमक्ष माग गरेको छ ।”

यस्तै, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले पनि संविधानको मर्म र भावना एवं परिषद्को गरिमामय भूमिकालाई समाप्त गरेको ठहर गर्दै कांग्रेसले फिर्ता लिन सरकारसँग माग गरेको छ ।