देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विराटनगरको ल्याब परीक्षणमा आठजनालाई कोरोना पोजेटिभ

देशान्तर

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केका ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको हो।

कोशी अस्पतालको परीक्षणमा ती ८ जनालाई पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ। ‘रि-कन्फर्म’ का लागि नमुना संकलन गरेर धरानस्थित बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको स्रोतले जनाएको छ। ‘विराटनगरको ल्याबमा आठजनामा कोरोना पोजेटिभ देखाएको छ’, कोशी अञ्‍चल अस्पताल स्रोतले भन्यो, ‘धरानमा तीन आठजनाको नमुना पुन परीक्षण भइरहेको छ।’

गत ५ वैशाखमा उदयपुरको त्रियुगानगरपालिका-३ भुल्केमा रहेको मस्जिदमा बसेका १६ जनामा  परीक्षण गर्दा १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। पछि त्यही समूहमा बसेका थप एकजनामा पनि भाइरस पोजेटिभ देखिएको थियो। त्रियुगाका मेयर वलदेव चौधरीले पनि १२ जना पोजेटिभ देखिएपछि ६ वैशाखमै भुल्केको मस्जिद वरपर सिल गरी सम्भावित ६९ जनाको र्‍यापिड टेस्ट गराएको बताएका छन्।

जसमा शंकास्पद ८ जनाको पीसीआर गराउँदा कोशीको ल्याबले पोजेटिभ देखाएको बताइएको छ। चार दिनअघि भुल्के मस्जिदमा कोरोना देखिएका १३ जना मध्ये ११ जना भारतीय नागरिक हुन्। २ जना नेपाली हुन् । उनीहरुको अहिले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको छ ।