काठमाडौँ – नेपालमा थप एकजना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरमा थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
उदयपुरका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।
उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा कोरोना देखिएपछि सो क्षेत्रका ३ सय २० जनाको नमुना स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। ती मध्येका एक जनामा कोरोना संक्रमण देखिएको हो। आजै उदयपुरका १३ संक्रमितसँग सम्पर्कमा आएका ८ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ।
उनीहरुको विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको छ। नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२ पुगेको छ। चारजना उपचारपछि घर फर्केका छन् ।





प्रतिक्रिया