देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चन्द्र टण्डनद्धारा अर्घाखाँचीका स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग

देशान्तर

अर्घाखाँची । सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले अर्घाखाचीका छ स्थानीय तहलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । २५ पिस थर्मल गन र पीपीइ ७ सेट सहयोग स्वरुप प्रदान गरेका हुन्।

जसमध्ये ७ सेट पीपीइ र ९ पिस थर्मल गन छत्रदेव गाउ“पालिका र अरु थर्मल गर्न ५ पालिकालाई अवश्यक्ता अनुसार उपलब्ध गराउनु हुन भन्दै सन्धिखर्कका समाजसेवी पीताम्बर रायमाझीले प्रमुख जिल्ला अधिकारी विजय पौडेललाई हस्तान्तरण गरे । रायमाझीले छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेललाई ७ सेट पीपीई र ९ पिस थर्मल गन हस्तान्तरण गरे । १६ पिस थर्मल गर्न प्रमुख जिल्ला अधिकारी पौडेललाई रायमाझीले हस्तान्तरण गरे ।

तत्कालको लागि थोरै भएपनि कोरोना जाँच्नको सहयोग पुगोस भनेर उपलब्ध गराएको र अरु थप आवश्यक स्वास्थ्य सामाग्री पनि छिटै उपलब्ध गराइने सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले बताए ।