सर्लाही । क्वारेन्टाइनमा रहेका आठ महिने शिशुको मृत्यु भएको छ । सर्लाहीको उत्तर–पूर्वी चुरे क्षेत्रको लालबन्दी नगरपालिका–१५, परवानीपुर झल्ला चौडीमा आमाबुवासँगै क्वारेन्टाइनमा रहेका आठ महिने शिशुको मृत्यु भएको हो ।
रौतहटको गरुडास्थित एक इँटा उद्योगमा कार्यरत परवानीपुर शीर फुलजोरका तारादेवी वाईवा श्रीमती र आठ महिने छोरासहित तीन दिनअघि मात्रै गाउँ आएका थिए । उनीहरुलाई झल्ला चौडीस्थित रुन्चे बजारको विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो ।
सोही क्वारेन्टाइनमा आमा बुवासँगै सुतेका बालकको हिजो राती मृत्यु भएको हो । बच्चालाई राती अचानक धेरै ज्वरो आएको र निमोनियाको समस्या जस्तो देखिएको शिशुको बाबुको भनाइ छ ।





प्रतिक्रिया