देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसको डाक्यो केन्द्रिय समिति बैठक, वैशाख १७ गते बस्ने

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आगामी वैशाख १७ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले बैठक केन्द्रीय पार्टी कार्यालय सानेपामा अपराह्न १ बजे बस्ने जानकारी दिए ।

बैठकमा समसामयीक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ । पौडेलले केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी र आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थित हुन सूचना जारी गरिएको बताए ।

कोभिड १९ को महामारीका कारण लामो समयदेखि केन्द्रीय समितिको बैठक बस्न सकेको थिएन । यसअघि बसेका बैठकहरूमा पार्टीभित्रैको विवादका बारेमा छलफल हुने गर्दथ्यो ।

पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय विभाग बढाउने निर्णय फिर्ता लिनुपर्ने, पदाधिकारी नियुक्ति गर्न नहुने र महाधिवेशनको कार्यतालिका हेरफेर गर्नुपर्ने माग राख्दै आएका छन् ।

अब बस्न लागेको केन्द्रीय समिति बैठकमा पार्टीको आन्तरिक विवादका साथै सरकारले ल्याएका विवादित अध्यादेशहरूको बारेमा पनि छलफल हुनेछ । साथै कोभिड १९ को प्रकोप रोकथाम र नियन्त्रणका बारेमा पनि छलफल हुने बताइएको छ ।